Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

कञ्चनपुरमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विरुद्ध साढे ४ लाखको भ्रष्टाचार मुद्दा

खवर संवाददाता
२०७६ फाल्गुन १५, ०५:२७
अ+

कञ्चनपुर: कञ्चनपुरमा मन्दिर निर्माणका लागि आएको बजेटमाथि भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको माग गर्दै मुद्दा दायर गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका– ३ स्थित साकेत धाम विष्णु मन्दिरको खुडकिला निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर विष्ट विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो। 

उपभोक्ता समितिका अध्यक्ष विष्टले भीमदत्त नगरपालिकाबाट ४ लाख ५० हजार भुक्तानी लिएपनि हालसम्म काम सम्पन्न नगरेको र उक्त रकमको फरफारक समेत नगरेकाले उनी विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तिीयार दुरुपयोग अनुसन्धानका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

विष्ट विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम ४ लाख ५० हजारको  बिगो कायम गरी विशेष अदालतमा मुद्धा दायर गरिएको जनाइएको छ।

Skip Ad