सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाका एक सिपाहीले गरे आफ्नै ४ सहकर्मीको हत्या

२०७६ फाल्गुन १५, ०५:०९ खबर संवाददाता

सेनाका एक जना सिपाहीले आफ्नै सहकर्मी चार जनाको हत्या गरेका छन्। 

नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका हुन्। नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ।

सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताए। उक्त घटनाका बारेमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताए।
 

कमेन्ट लोड गर्नुस