सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिपी मैनाली चढेको जिप दुर्घटनाग्रस्त, अवस्था गम्भीर

२०७६ फाल्गुन १५, ०२:१८ खबर संवाददाता

नेकपा मालेका महासविच सिपी मैनाली चढेको गाडी बिहीबार महोत्तरीको बर्दीवासमा दुर्घटना भएको छ। दुर्घटनामा परी मैनाली, उनकाका छोरा, बुहारी, नाती र चालकसमेत पाँच जना घाइते भएका छन्।

मैनाली चढेको बा४च २१२० नम्बरको गाडी र विपरीत दिशाबाट आइरहेको ना४ख ७६६८ नम्बरको भ्यान ठोक्किएका थिए।

गम्भीर अवस्था रहेको उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजन चापागाईले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस