सुदूर नेपाललाई विश्वसँग जोड्दै

काखीको पसिना सुकाउन कर्मचारी

२०७६ फाल्गुन १५, १०:३१ खबर संवाददाता

हामीले मार्क जुकरबर्गले पत्रकार सम्मेलन, सिनेटको सुनुवाइको समयमा पानी पिएको र लगातार पसीना बगाएको देखेका छांै। हालै मात्र प्रविधि पत्रकार स्टिभेनले लेखेको पुस्तक समीक्षामा ३५ वर्षीय सिइओले स्टेजमा जानुअघि मानिसलाई आफ्नो काखीमा आएको पसिना सुकाउनका लागि कर्मचारीका रूपमा मानिस राखेको उल्लेख गरेका छन्।

यो पुस्तकको नाम हो— ‘फेसबुक स् द इनसाइड स्टोरी’। यद्यपि यो पुस्तक विश्वभरि पठाइएको छैन। पुस्तकमा मूल रूपमा फेसबुको पर्दा पछाडि हुने घटनाको उल्लेख गरिएको छ। पुस्तकको समीक्षा बलूमबर्गका अस्टिन केरले लेखेका हुन्। उनले समीक्षामा लेखेका छन, “उनी पनि आफ्नो सार्वजनिक छविको विषयलाई लिएर सचेत भएका छन्। एक कार्यक्रममा बोल्नु पहिले चिन्ताका कारण पसिनाले भिजेका सीईओका काखी सुकाउँदै गरेको सञ्चार कार्यकारीलाई देखिएको छ।”

केही मानिसले ट्विटरमा यसलाई मनोरन्जनका रूपमा हेरिरहेका छन्। केही मानिसले यसलाई भयावह भएको बताएका छन्। वास्तवमै भन्ने हो भने जुकरबर्गले आफ्नो काखी सुकाउनका कर्मचारी नियुक्त गरेका छन्। तर, फेसबुकका प्रवक्ता लिज बुर्जुआलाई यो कुरा पूर्ण रुपमा सत्य लागेको छैन। आपूmलाई यो कुरा साँचो हो भन्ने विषयमा सन्देह भएको उनले बिजनेस इनसाइडरलाई बताएका छन्। यदि यस्तो भएकै भए पनि आफ्नो सञ्चार टिमको अनुरोधमा भएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस