सुदूर नेपाललाई विश्वसँग जोड्दै

वामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस नगर्ने प्रधानमन्त्रीको निर्णय

२०७६ फाल्गुन १४, ०४:१८ खबर संवाददाता

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन्।

प्रधानमन्त्री ओलीको निर्णय नमानेसँगै नेकपामा गम्भीर विवाद देखिने भएको छ। सचिवालय बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। बैठकपछि राष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस गर्न जानकारी दिइएको थियो।

प्रधानमन्त्रीले ओलीले गौतमलाई सिफारिस नगर्ने आफ्नो अडान पार्टी नेताहरूलाई जानकारी गराएका छन्। प्रधानमन्त्रीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने अडान राखेका छन्।

फागुन २० गतेदेखि राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित डा. खतिवडाको कार्यकाल सकिँदै छ। बुधबारकै बैठकले संविधान संशोधनका लागि भनी प्रचार गरिएको नेता माधवकुमार नेपाल संयोजक रहेको कार्यदल भंग पनि गरेको थियो।
 

कमेन्ट लोड गर्नुस