सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतसँग मिलेर क्वाड ब्युँत्याउन लागिपरेका छौँ : ट्रम्प

२०७६ फाल्गुन १३, ०५:५२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु मिलेर क्वाड (क्वाड्राइल्याटरल सेक्युरिटी डाइलग) ब्युँत्याउन लागिपरेको बताएका छन्।

ट्रम्पले आफ्नो पहिलो भारत भ्रमण मंगलबार टुंग्याएका छन्। अमेरिका, भारत, अस्ट्रेलिया र जापान सम्मिलित क्वाड यी मुलुकबीचको सुरक्षा गठबन्धन हो। पछिल्लो समय अमेरिकाले अघि सारेको इन्डो प्यासिफिक रणनीतिले यसलाई अघि बढाएको छ।

‘सुरक्षित इन्डो प्यासिफिकको सुनिश्चितताका लागि प्रतिआतंकवाद तथा समुद्री सुरक्षामा हामीले सहकार्य गरिरहेका छौँ,’ ट्रम्पले भने।

मोदीले पनि भारत र अमेरिकाबीच रक्षा सहकार्य दुई देशबीचको साझेदारीको महत्वपूर्ण पक्ष भएको बताए। -एजेन्सी

कमेन्ट लोड गर्नुस