सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ३ जना पक्राउ

२०७६ फाल्गुन १३, ०४:०४ खबर संवाददाता

अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेल सहित ३ जना काठमान्डौँबाट पक्राउ परेका छन्। एमसीसी सम्झौता, भारतीय पक्षबाट भएको सीमा अतिक्रमण, राष्ट्रिय स्वाधिनता लगायतको पक्षमा काठमाडौंमा निकालिएको शान्ति र्याली पछि कोण सभा गरेर एमसीसी सम्झौता जलाउने क्रममा प्रहरीले धरपकड गरेर उनीहरुलाई पक्राउ गरेको हो।

मंगलबार दिउँसो काठमाडौंको आरआर क्याम्पस अगाडि एमसीसी जलाउने क्रममा विद्यार्थीका केन्द्रिय अध्यक्ष गजुरेल, केन्द्रिय सदस्य सुलब वैद्य र पोखरा विश्व विद्यालयका संयोजक एवंम् अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य जगत शाही पक्राउ परेका छन्। उनिहरुलाई भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा राखिएको छ।

अखिल क्रान्तिकारीले मंगलबार शान्तिबाटिका, बागबजार, प्रदर्शनी मार्ग हुँदै आरआर क्याम्पस गेट अगाडि कोण सभा गरेको थियो। अखिल क्रान्तिकारीले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरीनुपर्ने बताउदै आफ्ना नेता कार्यकर्तालाई तुरुन्त रिहाईको माग समेत गरेको छ। 

कमेन्ट लोड गर्नुस