सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन’ : भिम रावल

२०७६ फाल्गुन १३, ०८:०३ खबर संवाददाता

सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मथलो तेह्रथुममा पुगेर जन्मोत्सवमा काटिएको केकका विषयमा आलोचना गरेका छन्। 

रावलले देशमाथि मनपरी गर्न नहुने आशयको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीको त्यस्तो कार्यप्रति पूर्ण असहमति प्रकट गरेका छन्।

आइतबार प्रधानमन्त्री ओलीले आफ्नो जन्मथलो तेह्रथुममा पुगेर नेपालको नक्सा अंकित गरिएको केक काटेर आफ्नो जन्मोत्सव मनाएका थिए। त्यो केक काठमाडौंबाट हेलिकोप्टर चाटर्ड गरेर यति समूहले लगेको खुलेको छ।

नेता रावलले आफ्नो ट्व्वीटमा लेखेका छन् केक काट्ने नेपाली संस्कृति होइन र यस्तै समृद्धिका लागि विदेशीसँग हात पसारिरहेका बेला ठूलो रकम जन्म दिनमा खर्च गर्नु पनि ठीक होईन। नेता रावलले पार्टीको निर्णयअनुसार बनेको आचार संहिता मान्ने हो भने त यस्तो तामझामका साथ जन्मदिन मनाउनै नहुने भनेका छन्।
 

कमेन्ट लोड गर्नुस