सुदूर नेपाललाई विश्वसँग जोड्दै

६० वर्षे पुरुषले पाँचौ दुलही घरमा ल्याएपछि...

। फोटो स्रोत ।
२०७६ फाल्गुन १३, ०५:५० खबर संवाददाता

भारतको उत्तर प्रदेशमा अहरौला क्षेत्रको एक गाउँमा एक महिलाले आफ्ना श्रीमानविरुद्ध उजुरी दिएकी छिन्। ६० वर्षका उनका श्रीमाबहनलाई प्रहरीले पक्राउ गरेको छ। अहिले उनी प्रहरी हिरासतमा छन्। 

खासमा यी वृद्धले पाँचौ पटक विवाह गरेपछि उनविरुद्ध उजुरी परेको हो। उनले पहिलो श्रीमतीको निधनपछि दोस्रो विवाह गरेका थिए। त्यसपछि उनले तेस्रो विवाह पनि गरे। तर, यी श्रीमतीले पनि उनलाई छोडिन्। उनले चौथों विवाह गरे। तर, चौथो श्रीमतीले छोडेपछि उनीकहाँ तेस्रो श्रीमती आएर बसेकी थिइन्। 

तैपनि वृद्धाले विवाह गर्ने क्रम जारी राखे। उनले पाँचौ पटक विवाह गरेर श्रीमती ल्याएपछि उनकी तेस्री श्रीमतीले प्रहरीमा उजुरी दिएकी हुन्। उनले पतिले आफूलाई र बच्चाहरुलाई पिट्ने गरेको पनि उजुरी दिएकी छिन्। 
 

कमेन्ट लोड गर्नुस