सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरीको आरोपमा दलित युवामाथि कुटपिट गर्दै गुप्ताङ्गमा पेट्रोल हालिदिएपछि (भिडियो)

२०७६ फाल्गुन ९, ०९:१० खबर संवाददाता

राजस्थानको नागौर जिल्लामा चोरी गरेको आरोपमा दुई दलित दाजुभाइलाई बर्बर तरिकाले पिटेको र गुप्ताङ्गमा पेट्रोल हालेको भिडियो बाहिर आएको छ। यो घटना गत फेब्रुअरी १६ मा पाँचौडी क्षेत्रमा भएको हो।

भिडियो भाइरल भएपछि प्रहरीले पीडित युवकहरुलाई सम्पर्क गरी ७ आरोपीहरु विरुद्ध मुद्दा दर्ता गरेको छ। यस मामिलामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ भने २ जना फरार रहेका छन्। काँग्रेस नेता राहुल गान्धीले यस घटनालाई भयावह बताएका छन्।

प्रहरीका अनुसार दुई दाजुभाइ आफ्नो मोटरसाइकल सर्भिसिङका लागि वर्कसपमा पुगेका थिए। त्यहाँ उनीहरुमाथि काउन्टरबाट पैसा चोरेको आरोप लगाउँदै कुटपिट गरिएको थियो। उनीहरुमाथि पेटी, मुक्का र लात बर्साइएको थियो। त्यसपछि आरोपीहरुले पेचकसमा पेट्रोल भिजाइएको कपडा बाँधेर गुप्ताङ्गमा छिराएका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
 

कमेन्ट लोड गर्नुस