सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाभाइरस : क्वारेन्टाइनका लागि ल्याइएका यात्रु सवार बसमा आक्रमण

२०७६ फाल्गुन ९, ०८:३४ खबर संवाददाता

कोरोनाभाइरसबाट जुधिरहेको चीनबाट फिर्ता ल्याइएका युक्रेनी नागरिक सवार बसमा दर्जनौं प्रदर्शनकारीले आक्रमण गरेका छन्। ती युक्रेनी नागरिकहरूलाई १४ दिनको क्वारेन्टाइनका लागि नोबी सान्जारीस्थित अस्पताल लगिदैं गर्दा स्थानिय प्रदर्शनकारीहरूले भाइरस आफ्नो क्षेत्रमा फैलन सक्ने भन्दै आक्रमण गरेका हुन्।

आक्रमण भएपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानिय जनताहरूलाई एकजुटता देखाउन र आफूहरू सबै मानव भएको सम्झन अपिल गरेका छन्। बिहीबार कोरोनाभाइरसबाट पीडित चिनियाँ शहर वुहानप्रान्तबाट ४५ युक्रेनी नागरिकसँगै २७ विदेशी नागरिकहरूलाई पूर्वी युक्रेनको कारकिभ ल्याइएको थियो।

६ वटा बसमा राखेर उनीहरूलाई अस्पताल लगिदैं गर्दा स्थानीय प्रदर्शनकारीहरूले ती बसहरूमा ढुङ्गा र आगोका गोलाहरु प्रहार गरेका थिए। त्यहाँको स्वास्थ्य मन्त्रालयले वुहानबाट उद्धार गरेर ल्याइएका कोहीमा पनि कोरोनाभाइरसको संक्रमण नरहेको स्पष्ट पारेको छ।

त्यसैगरी युक्रेनको कुटनीतिक मिसनले उद्धार गरेर ल्याउने क्रममा तीन युक्रेनी र एक कजाख नागरिकमा ज्वरो देखिएपछि उनीहरूलाई चीनमा नै छोडेको जनाएको छ। आक्रमण भएपछि युक्रेनका प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा आन्तरिक मामिला मन्त्रीले त्यहाँ पुगेर तनाव मत्थर गर्ने प्रयास गरेका छन्।

 

 

कमेन्ट लोड गर्नुस