सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बर्षा, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७६ फाल्गुन ९, ०७:१७ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वर्षा भइरहेको छ। देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएपछि धनगढीमा पनि बर्षा भईरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ। 

आगामी तीन दिनको मौसम पूर्वानुमान  यस्तो छ : 

फागुन ०९ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू(भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरुमा र पुर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रहने छ।

पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेको देखिन्छ।

फागुन १० गते (शनिबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरु र पश्चिमी पहाडका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ। रातीः पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ। 

फागुन ११ गते (आईतबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। रातीः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। 
 

कमेन्ट लोड गर्नुस