सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज फागुन ९ गते महाशिवरात्रि :तपाईको दिन कस्तो रहनेछ? हेर्नुहोस् राशिफल

२०७६ फाल्गुन ९, ०६:२५ खबर संवाददाता

वि.सं. २०७६ फाल्गुन ०९ गते। शुक्रवार। इ.स.२०२० फेब्रुअरी २१ तारिक। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायन। शिशिर ऋतु। ने.सं. ११४० सिल्लागा। फाल्गुन कृष्णपक्ष। तिथी– त्रयोदशी,१७ बजेर ३९ मिनेट उप्रान्त चतुर्दशी। नक्षत्र– उत्तराषाढा,१० बजेर ०० मिनेट उप्रान्त श्रवण। योग– व्यातिपात,०८ बजेर ०९ मिनेट उप्रान्त वरियान। करण– वणिज,१७ बजेर ३९ मिनेट उप्रान्त भद्रा,३० बजेर ०८ मिनेट उप्रान्त शकुनी।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कर्मभावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवसायमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ। राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाईनेछ। पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुनाले गुरुवर्ग तथा आफन्त खुसी हुनेछन्। माया प्रेममा सामिप्यता बढ्नेछ। कार्यक्षेत्रका प्रभाव बढ्ने तथा बढोत्तरिको योग रहेको छ।

 वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयको महत्व बुझेर अगाडी बढ्दा चाहेको गन्तव्य भेट्न सकिनेछ। धर्म अध्यात्म तथा सामाजिक परम्परा जस्ता क्षेत्रमा मन जानेछ। प्रशासनिक काममा केहि ढिला सुस्तिको चपेटामा परिएपनि अन्ततः काम हुनेछ। खोजीमुलक काममा लामो दुरिको यात्राको तय गर्न सकिनेछ। व्यापार व्यवसायमा केहि मन्दि आएपनि दैनिकी प्रभावित हुनेछैन।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ। व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ। माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटबड आउँनेछ। सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ। पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ। आफन्त तथा दिदि बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डों)

आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ। एकल तथा साझेदारि व्यापार व्यवसाय फस्टाएर जानेछ। परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

विद्या तथा प्रतिस्पर्द्धामा प्रतिस्पर्द्धीहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ। पुराना ऋण,रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ। आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ। न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समय गतिसँगै चल्न ससक्दा अरुभन्दा पछि परिनेछ। पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ। प्रेममा अविस्वास सिर्जना नहोला भन्न सकिन्न। अग्रज तथा गुरुवरको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला। व्यापारमा लगानी गरे अनुशार प्रतिफल पाउन निकै नै मिहेनेत गर्नुपर्नेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन्। राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला। निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन्। घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ। तरपनि अध्ययन तथा खोजीमुलक क्षेत्रमा रुचि बढ्नेछ । शेयर बजार तथा व्यापारमा गरेका लगानी फस्टाएर जानेछ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आँट,शाहस तथा पराक्रमा वृद्धि भएर जाने हुनाले उपलब्धी मुलक कामहरु गर्न सकिनेछ। न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउनेछन् भने विवाद तथा प्रतिस्पर्द्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ। लेखन कला तथा साहित्यमा बाँकि रहेको कामलाई पूर्णता दिन सकिनेछ । प्रेम प्रशङ्गमा रमाउने चाहनेहरुला लागि समय उत्तम रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बोल्ने कुरामा ध्यान नजाँदा आलोचनाको शिकार भईनेछ। कार्यक्षेत्रका कुरा काट्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन्। खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ। कुटुम्ब तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ। व्यापारमा मन्दी आउँनेछ। प्रेममा अविस्वास सिर्जना हुनेछ। गीत संगीतको क्षेत्रमा लाग्नेहरुका लागी समयले साथ दिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अवसरहरुको सदुपयोग गर्दै राम्रा तथा उपलब्धी मुलक कामहरु गर्न सकिनेछ। व्पापार व्यवसाय फस्टाएर जाने तथा मनग्गे धन आर्जन गर्न सकिनेछ। राजनीतिमा समय लगानी गर्नेहरुले पद पाउने तथा ईज्जत प्रतिष्ठा जोड्न सक्नेछन्। पढाई लेखाईमा मन जानेछ भने पढाई कै सवालमा लामो दुरिको यात्रा गर्न सकिनेछ। प्रणय सम्बन्ध थप बलियो बन्नेछ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ। आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धोका पाईनेछ। स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ। विदेशी सामानको व्यापार तथा विदेशी संस्थामा काम गर्नेहरुको लागी समय उत्तम रहेको छ। अध्ययन तथा कामको लागी लामो दुरिको यात्रा गर्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पैत्रिक धन तथा सम्पत्तिको प्रयाग तथा परिचालन मार्फत मनग्गे धन सम्पती जोड्न सकिनेछ। बैंक तथा बित्तिय क्षेत्रमा लगानी हुनेहरुका लागी कारोबारमा सुधार हुनेछ। विद्यार्थीहरुका लागि समय राम्रो रहेकोले नतिजा हात पार्न सकिनेछ। ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ। पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा मन प्रशन्न रहनेछ।

कमेन्ट लोड गर्नुस