सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुुई लाख रुपैयाँ घुससहित एक कर्मचारी पक्राउ

२०७६ फाल्गुन ८, ०९:०३ खबर संवाददाता

सुर्खेतमादुई लाख रुपैयाँ घुससहित सुर्खेतमा एक कर्मचारी रंगेहात पक्राउ परेका छन्। भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।

कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले सेवाग्राहीबाट दुुई लाख रुपैयाँ घुससहित केसीलाई पक्राउ गरिएको जानकारी दिए। भेरीगंगाको बराहमा रहेको झोलुङगे पुल निर्माणको भुक्तानी गराउनका लागि आफूले सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट केसीले घुस मागेको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए।

कर्णाली प्रदेशमा सबै भन्दा बढी भ्रष्टाचारविरुद्ध उजुरी पर्ने स्थानीय तहमा पनि भेरीगंगा नगरपालिका पर्छ। सूचना अधिकारी सापकोटाले बिहीबार मात्रै सेवाग्राहीको उजुरीका आधारमा  कागजपत्र माग गर्दै नगरपालिकालाई पत्र लेखेको पनि जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस