सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थमन्त्री युवराज खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी

२०७६ फाल्गुन ८, ०६:४९ खबर संवाददाता

सञ्चार मन्त्रालयबाट गोकुल बाँस्कोटाले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री युवराज खतिवडालाई मन्त्रालयको जिम्मेवारी दिएकी छिन्।

बिहीवार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै खतिवडालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको जानकारी दिएको हो।

त्यस्तै बाँस्कोटाले सम्हालेको शहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई दिइएको छ। 

कमेन्ट लोड गर्नुस