सुदूर नेपाललाई विश्वसँग जोड्दै

बस दुर्घटना हुँदा १९ जनाको मृत्यु, २३ घाइते

२०७६ फाल्गुन ८, ०३:१५

भारतको तमिलनाडुस्थित तिरपुरमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।

बिहीबार बिहान कोइम्बटोर हाइवेमा यात्रुवाहक बस दुर्घटना भएको हो। केरला स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशन अनुसार यात्रुवाहक बस कन्टेनरमा ठोक्किएको हो। प्रहरीका अनुसार दुर्घटनामा २३ यात्रु घाइते भएका छन्। बसमा जम्मा ४८ यात्रु थिए।

दुर्घटनापछि घटनास्थलमा प्रहरी पुग्नु भन्दा अघि नै कन्टेनरका चालक फरार भएका छन्। यात्रुवाहक भोल्भो बस एर्नाकुलमबाट बेंगलुरुतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुने १९ मध्ये १४ जना पुरुष र ५ जना महिला थिए। -ऐजेन्सी
 

कमेन्ट लोड गर्नुस