सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनामा अब महिलालाई पनि पुरुष सरह सुविधा

। फोटो स्रोत ।
२०७६ फाल्गुन ६, ०४:२५ खबर संवाददाता

भारतको उच्च अदालतले सेनामा महिलाले पनि पुरुष सरह ‘कमाण्डर’को रुपमा सेवा गर्नसक्ने फैसला गरेको छ।

पुरुष सिपाहीहरु महिला अधिकृतहरुको आदेश पालना गर्न तयार नभएको सरकारको अडानलाई खारेज गर्दै यहाँको अदालतले सोमबार महिलाको पक्षमा फैसला गरिदिएको हो। अदालतको यस फैसलासँगै भारतीय सेनामा पुरुष अधिकृतहरुको प्रभुत्व कमजोर हुने र महिलाहरुलाई राहत मिलेको छ।

दालतको फैसला अनुसार अब भारतीय सेनामा महिला अधिकृतले पनि पुरुष समकक्षी सरह नै सुविधा पाउने छन्। खासगरी प्रोमोसन, वरियताक्रम, पेन्सन लगायत विषयमा महिला र पुरुष अधिकृतका लागि पुरानो विभेदकारी मापदण्ड अब फेरिएको हो।हालसम्म भारतीय सेनामा महिलाहरुले १४ वर्ष मात्रै सेवा गर्न पाउने कानुन थियो।
 

कमेन्ट लोड गर्नुस