सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई वर्षमै सरकारको समिक्षा गर्न सकिदैन, पुरै कार्यकाल कुर्नुस : मुख्यमन्त्री भट्ट

२०७६ फाल्गुन ६, ०३:४२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार बनेको दुई वर्षको अवधिमा भए गरेका कामका बारेमा सदनमा सम्बोधन गरेका छन्।  भटट्ले नयाँ व्यवस्थामा जनताका अपेक्षा पुरा गर्नुपर्ने भएकाले विभिन्न समस्याका बाबजुत आफु अगाडी बढेको उनले बताए। त्यसमा सत्ता पक्ष, प्रतिपक्ष र आम नागरिक तथा सञ्चार माध्यमले सहयोग गरेको उनले बताए।

‘प्रदेश सरकार भन्ने कुरा एकदमै नयाँ कुरा थियो, न हामीसँग भौतिक संरचना थियो न हामीसँग कानुन थियो र सबैभन्दा हामीसँग अनुभव थिएन’ उनले भने। दुई वर्षमै सरकारको समिक्षा गर्न नसकिने भन्दै उनले भने ‘मलाई लाग्छ संघीयताको समिक्षा दुई वर्षमै हुने कुरा त्यति राम्रो कुरा होइन, यसको कमसे कम पुरा कार्यकाल हेर्न जरुरी छ।

संघीयताको हामी नयाँ अभ्यास गर्दै जाने क्रममा अहिले नै संघीयताको बारेमा समिक्षा गर्न लाग्यो भने यो छिटो हुनेछ। त्यसकारण यो व्यवस्था सफल पार्न अझ मिहेतन गर्न, अझ कष्ट गर्न, तिव्रताको साथ चल्नुपर्ने अहिलेको मुख्य आवश्यकता हो, त्यसको लागी प्रदेश सरकार अगाडी बढीरहेको छ।’
 

कमेन्ट लोड गर्नुस