सुदूर नेपाललाई विश्वसँग जोड्दै

लन्डनको सबवेमा मुसाको फाइट, फोटोले पायो ’वाइल्ड लाइफ अवार्ड’

। फोटो स्रोत ।
२०७६ फाल्गुन ६, ०१:०३ खबर संवाददाता

मुसाले साँच्चै बक्सिङ खेले कस्तो देखिन्छ होला? धेरै कल्पना नगर्नुस् फोटोग्राफर साम रोलीले त्यो बक्सिङ आफ्नो क्यामेरामा कैद गरिसकेका छन्। उनले पाँच रातसम्म लगाएर खिचेको उक्त फोटोको अहिले चर्चा चुलिएको छ। चर्चामात्र होइन त्यही फोटोका लागि उनले यस वर्षको वाइल्डलाइफ फोटोग्राफर अफ द इयर्स अवार्ड जितेका छन्।  

सबवेमा खानाका लागि दुई मुसा आपसमा लडिरहेको तस्बिरमा देखिन्छ। यस्तो लाग्छ उनीहरू मान्छेले जस्तै बक्सिङ खेलिरहेका छन्। हजारौं मानिस आवातजावात गर्ने सबवेमा मुसाको फोटो खिच्न रोलीले पाँच रात बिताएका थिए। पाँचौ रातमा रोलीले दुई मुसा खानाको लागि दौडिरहेको देखे। क्यामेरा निकालेर फोटो खिच्न थाले। त्यसैबेला दुई मुसा झगडा गर्दै गरेको एक रोचक तस्विर आफ्नो क्यामेरामा कैद गर्न सफल भए।

रोलीले अन्य ४८ हजार तस्बिरलाई पछि पार्दै २८ हजार भोटबाट अवार्ड जितेका हुन्। उक्त प्रतियोगिता लन्डनको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गरेको थियो। रोलीको  तस्विर उक्त म्युजियमा ३१ मेसम्म राखिनेछ। सेतोपाटी
 

कमेन्ट लोड गर्नुस