सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७६ फाल्गुन ६, १२:४५ खबर संवाददाता

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१५ फूलबारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय ३५ वर्षीय रामप्रसाद दुवाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   

फूलबारीबाट मङ्गलपुरतर्फ जाँदै गरेको बा १ क ६२५५ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ५७ प १९ नम्बरंको मोटरसाइकललाई सोमबार राति ठक्कर दिएको थियो। ठक्करबाट घाइते दुवाडीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको छ। रासस
 

कमेन्ट लोड गर्नुस