सुदूर नेपाललाई विश्वसँग जोड्दै

विङ्गर र कार एक आपसमा ठोक्किँदा ६ जना घाइते

। फोटो स्रोत ।
२०७६ फाल्गुन ६, १२:२५ खबर संवाददाता

विङ्गर र कार एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। 

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा मंगलबार सवारी दुर्घटनामा दुई साइकल यात्रीसहित ६ जना घाइते भएका हुन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलबाट सालझण्डीतर्फ आइरहेको लु १ ज २९४३ नम्बरको विङ्गर र विपरित दिशाबाट आइरहेको बिएए २५६८ नम्बरको कार ठोक्किएको नयाँगाउँ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गोकर्ण चौहानले जानकारी दिएका छन्। दुई सवारी साधन आपसमा ठोक्किएपछि साईलकमा समेत  ठक्कर दिएको हो। 
 

कमेन्ट लोड गर्नुस