सुदूर नेपाललाई विश्वसँग जोड्दै

अम्बामा नुन हालिदिएको भन्दै साथीको हत्या

२०७६ फाल्गुन ६, ०७:४५ खबर संवाददाता

साथीसाथीबीच कतिसम्म घनिष्ठ सम्बन्ध हुन्छ भने एकले अर्काका ठूलाठूला गल्ती पनि माफी गर्छन्। तर, यही कुरा सबैमा लागु हुन्छ भन्ने चाहिँ हुँदैन। किनकि एउटा अम्बामा नुन हालिदिएकै भरमा भारतमा एक युवाले आफ्नै साथीको हत्या गरेका छन्। प्रहरीले ती युवालाई गिरफ्तार गरेको छ। यो घटना ग्रेटर नोएडाको हो। २८ जनवरीमा त्यहाँको एक गाउँमा एक युवाले आफ्ना साथीलाई अम्बामा नुन दलेकै भनेर छुरीले प्रहार गरेका हुन्। उनीहरु १५ वर्षदेखिका साथी थिए।

कमेन्ट लोड गर्नुस