सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तरजातीय भिडन्तका क्रममा मालीमा ४० जनाको मृत्यु

२०७६ फाल्गुन ३, ०६:१४ खबर संवाददाता

मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको ज्यान गएको छ। अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नौ जना सैनिक जवान पनि रहेका छन्। उनीहरुको घटनास्थलमै ज्यान गएको अधिकारीले बताएका छन्।

द्वद्वग्रस्त क्षेत्रमा भएको अन्तरजातीय भिडन्तका क्रममा उनीहरूको ज्यान गएको सरकारी अधिकारीहरुको भनाई छ। ओगोसागोमा रातभरीमा भएको आक्रमणको घटनामा परी सुरुमा ३१ जनाको ज्यान गएको थियो। गत मार्चमा भएको फुलानी समुदायको यस्तै आक्रमणमा परी १६० को ज्यान गएको थियो। सरकारी अधिकारीहरुले  ज्यान गुमाउनेको संख्या अझ धेरै हुन सक्ने बताएका छन्। रासस

कमेन्ट लोड गर्नुस