सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरमा आगो लाग्दा बहिनीलाई बचाए यी ५ वर्षे बालकले

२०७६ फाल्गुन ३, ०९:०८ खबर संवाददाता

कोठामा आगलागी हुन थालेको थियो। ढोकामा जाने बाटो थिएन। कोठाभित्र मात्र तीन प्राणी थिए– पाँच वर्षीय बालक, उनकी दुई वर्षीया बहिनी र एउटा कुकुरको छाउरो। बालक निद्राबाट ब्युँझिए। झ्यालतिर भाग्ने ठाउँ मात्रै खुला थियो। ती पाँच वर्षीय बालकले बहिनीलाई उठाए, बोकेर झ्यालबाट बाहिर राखे। त्यसपछि कुकुरको छाउरोलाई पनि झ्यालबाट बाहिर निकाले।

त्यसपछि अर्को कोठामा सुतिरहेका आफ्ना काका र परिवारका अन्य सदस्यलाई उठाए। ती बालक हुन्, अमेरिकाकाको जर्जिया राज्यस्थित बार्तो काउन्टीका नोआ वुड्स। उनलाई आगोले पोलेर सामान्य चोट लागेको छ। आफू र परिवारका सात सदस्यको ज्यान बचाएको भन्दै नोआलाई मानार्थ अग्निनियन्त्रकको उपाधि दिइएको छ। एजेन्सी

कमेन्ट लोड गर्नुस