सुदूर नेपाललाई विश्वसँग जोड्दै

यसरी भएको थियो ‘हेल्लो’ शब्दको उत्पत्ति!

२०७६ फाल्गुन ३, ०५:५३ खबर संवाददाता

फोनमा कुरा गर्दा सबैभन्दा पहिले बोलिने शब्द हो ‘हेल्लो’। तर यो शब्दको शुरु कसले गर्याे र कसरी भयो भन्ने कुरा सायदै मानिसहरुलाई मात्र थाहा होला। अभिवादनका अन्य शब्दहरु भए पनि ‘हेल्लो’ शब्द नै किन टेलिफोनमा कुरा गर्दा प्रयोग गरिन्छ त? हामी आज तपाईहरुलाई यस बारेमा जानकारी दिनेछौँ। ‘हेल्लो’ शव्दको आविष्कार मानिसहरुबीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो। यो शब्द अहिले विश्वकै साझा शब्द बनेको छ र विश्वका धेरै भाषाले यो शब्दलाई स्वीकारेका पनि छन्।

२१ नोभेम्बर सन् १९७३ मा विश्वमा पहिलेपटक विश्व ‘हेल्लो’ दिवस मनाइएको थियो। हेल्लोको प्रयोग अहिले सर्वव्यापी छ, तर यो दिवस भने अहिले मनाउन छोडिएको छ। फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा ‘हेल्लो’ भन्ने चलनको शुरुवात टेलिफोनका आविष्कारक ग्राहम बेलसँगै जोडिएको छ। उनले मात्र फोनको आविष्कार मात्र गरेनन् , फोनमा बोलिने ‘हेल्लो’ शब्दको पनि आविष्कार गरेका थिए।

वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेल्लो थियो। उनी प्रेमिकालाई धेरै माया गर्दथे र ‘हेल्लो’ भनेर बोलाउँथे। त्यसैले जब उनले फोनको आविष्कार गरे उनको मुखबाट उत्साहपूर्वक पहिलो शब्द नै ‘हेल्लो’ निस्कियो। उनले फोनमा पहिलोपटक ‘हेल्लो’ शब्द उच्चारण गरे, जुन एउटा मानक बन्यो। तर कतिपय मानिसहरुको भने फरक तर्क रहेको छ। उनीहरुका अनुसार ‘हेल्लो’ शब्दको उत्पत्ति फ्रेन्च शव्द ‘होला’बाट भएको तर्क गर्दछन्। जसको अर्थ होल्ड गर्नुस भन्ने हुन्छ। एजेन्सीको सहयोगमा
 

कमेन्ट लोड गर्नुस