सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सामुदायिक वनको भवनमा अज्ञात समूहद्धारा आगजनी

२०७६ फाल्गुन २, १२:००

कञ्चनपुरमा अज्ञात समूहले सामुदायिक वनको भवनमा आगजनी गरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरको श्री कृष्ण सामुदायिक वन उपभोक्ता समूहको सभा हलमा शुक्रबार बिहान अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। आगजनीबाट हलमा रहेका कुर्सी र टेबुल जलेका छन्।

आगजनी गरेको आशकांमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। तर उनीहरु नाम भने सार्वजनिक गरिएको छैन्।

कमेन्ट लोड गर्नुस