सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफैँलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते

२०७६ फाल्गुन २, १०:०२ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन्। महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते हुनुभएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए। 

उनले घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको बताए।  ’रायको पेटमा गोली लागेको र यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौँ पठाएका छौँ’, प्रहरी उपरीक्षक सिग्देलले भने। गोली हान्नुको कारण  खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस