सुदूर नेपाललाई विश्वसँग जोड्दै

थाईल्याण्डबाट फर्केर सेती अस्पतालमा भर्ना भएका युवकको परिक्षण, कस्तो आयो रिर्पोट ?

२०७६ फाल्गुन २, ०७:२७ खबर संवाददाता

धनगढी : थाईल्याण्डबाट फर्केर सेती अस्पतालमा भर्ना भएका एक युवकलाई कोरोना भईरस लागेको आशंकामा स्वास्थ्य परिक्षण गरिएको छ। कञ्नपुरका एक युवकको गत शनिवार स्वास्थ्य परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्याम्पल पठाईएकोमा कोरोना भाईरस नेगेटिभ देखाएको छ।

सेती प्रादेशिक अस्पतालको इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदिश जोशले ति युवकमा ’इन्फुल्न्जा ए, एचवान एनवान’ को सङ्क्रमण देखिएको बताए। उनी अहिले अस्पतालबाट डिस्चार्ज भईसकेका छन्। 

यस्तै चीनबाट फर्किएका युवकको स्वास्थ्य परिक्षणका लागि बिहिवार स्याम्पल पठाईएको छ। समान्य ज्वरो र घाटी दुःख्ने समस्या देखिएपछि कोरोना भाईसरको संक्रमण भएको आशंकामा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाईएको डाक्टर जोशीले बताए। उनको रिर्पोट भोली मात्रै आउनेछ। 
 

कमेन्ट लोड गर्नुस