सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले कुनै काम नराम्रो गरेको छैन, नराम्रा काम देख्ने आँखा नराम्रो : प्रवक्ता बाँस्कोटा

२०७६ फाल्गुन १, ०४:२२ खबर संवाददाता

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले गरेका काम सबै राम्रा भएको दाबी गरेका छन्।

सरकारका निर्णय सुनाउन बिहीवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उनले सरकारका काम नदेख्ने आँखा नै नराम्रो भएको दाबी गरे।

'सरकारले बितेका दुई वर्षमा नराम्रा काम एउटै पनि गरेको छ, जति गरियो राम्रै राम्रा काम भएका छन्', उनले भने, 'नराम्रा काम देख्ने चाहिँ आँखा नराम्रो हो। राम्रा काम हुँदा पनि नराम्रो लेख्ने हातहरुबारे पनि मैले प्रश्न गर्छु, गरिरहेको छु।'

उनले सरकारका २ वर्षे कामका प्रगतिबारेमा केही दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने जानकारी दिए।

कमेन्ट लोड गर्नुस