सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्रालयले डेउडा प्रतियोगिता गर्ने, प्रथम पुरस्कार सवा लाख

२०७६ फाल्गुन १, ०६:५० खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रदेश स्तरीय डेउडा प्रतियोगिता गर्ने भएको छ। फागुन १८ र १९ गते धनगढीको खुल्लामञ्चमा डेउडा प्रतियोगिताको आयोजना गरिने भएको हो।

सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै डेउडा प्रतियोगितामा सहभागिताका लागि टीम दर्ता गर्न आह्वान गरेको छ। प्रतियोगितामा बढिमा १८ टीमको सहभागिता हुने छ भने टीम दर्ता फागुन १० गते सम्म गरिसक्नुपर्ने छ।

सामाजिक विकास मन्त्रालयका उपसचिव पदमराज जोशीका अनुसार डेउडा टीममा महिला र पुरुषको सहभागिता गराउने पर्नेछ भने प्रत्येक टीम १० देखि १२ जना सम्मको बनाउन पाईनेछ।

प्रतियोगितामा प्रथम हुने टीमलाई एक लाख २५ हजार, द्धितीय हुने टीमलाई ९३ हजार सात सय ५०, तृतिय हुने टीमलाई ६२ हजार पाँच सय र सान्त्वना हुने टीमलाई ३१ हजार दुई सय ५० रुपैँया नगद पुरस्कार दिईने उपसचिव जोशीले बताए।

डेउडा टीमलाई यातायात खर्च सामाजिक विकास मन्त्रालयले उपलव्ध गराउने छ भने खाना र बस्ने व्यवस्था स्वयम टीमले नै गर्नुपर्नेछ।

 

कमेन्ट लोड गर्नुस