सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसको ठक्करबाट एकजनाको मृत्यु

२०७६ माघ ११, १०:०१ खबर संवाददाता

सर्लाहीको वाग्मतीमा आज बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। ग१ख ८१४० नंको यात्रुवाहक बसले ठक्कर दिँदा वाग्मती नगरपालिका– २ धरहरा निवासी ५२ वर्षीय छोयाङ दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक सुवास भट्टराइले जानकारी दिए। 

नयाँरोड मधुवनी सडकखण्डअन्तर्गत सडकमा हिँडिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालिकाको शव परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस