सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु, ट्याक्टरसहित चालक फरार

२०७६ माघ ११, ०९:३५ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। शनिबार साझ जिल्लाको पुर्नवास नगरपालिका–२ अमरैया चोकमा भएको उक्त घटनामा २२ वर्षीय कुल सार्कीको मृत्यु भएको हो।  

पुनर्वास– ५ मोती बस्ती निवासी सार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक वकिल सिँहले जानकारी दिए। 

घटनापछि ट्याक्टरसहित टुयाक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको सिँहले बताए। 

घटनापछि मृतकका परिवारले ट्याक्टर चालकलाई कारवाही र क्षतिपूर्तिको माग राख्दै शव उठाउन दिइरहेका छैनन्। 

कमेन्ट लोड गर्नुस