सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७६ माघ ११, ०९:१६ खबर संवाददाता

पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठको दुर्घटनामा मृत्यु भएको छ।

सोही दिशाबाट आइरहेको बा४ख ११४५ नंको टिपरले अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५, ३७ किलो भन्ने स्थानमा ठक्कर दिँदा गम्भीर घाइते श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

दुर्घटनामा टाउको र कम्मरका गम्भीर चोट लागी घाइते मोटरसाइकलमा सवार रामेछापको सालु देउराली गाउँपालिका–२ का २८ वर्षीय समर मगरको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस