सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरीमा डुबेर बालिकाको मृत्यु

२०७६ माघ ११, ०९:०८ खबर संवाददाता

पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ। उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

घरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको पोखरीमा लडेर डुब्दा कृष्टिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।

उनका अनुसार आज दिउँसो करीब पौने चार बजे पोखरीमा डुबेकी कृष्टिनालाई उनकी आमाले उपचारार्थ बनेपास्थित शिर मेमोरियल अस्पतालमा पु¥याएलगत्तै मृत घोषणा गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस