सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती निर्माणको माग गर्दै काठमाडौँमा कचौरा जुलुस

२०७६ माघ ११, ०३:४० खबर संवाददाता

पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएपछि नागरिकस्तरबाट माइतीघर मण्डल काठमाडौँमा कचौरा जुलुस गरिएको छ। शनिबार कचौरामा पश्चिम सेतीको पानी राखेर ‘पश्चिम सेतीका लागि नागरिक अभियान बोलन्या थली धनगढी’ले विरोध प्रदर्शन गरेको हो।

‘आश्वासन अति भो, धैर्य गर्ने कति हो?, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छ?, हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोली सपना मर्नेछ लगायत नारासहित कचौरा लिएर माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो।

बोलन्या थली धनगढीका संयोजक यादव जोशीले पश्चिम सेती जलविद्युत आयोजना बनाउने चर्चा सुरु भएको दशकौ सम्म पनि आयोजना अलपत्र परेका कारण सांकेतीक दवाव स्वरुप प्रदर्शन गरिएको बताए। पश्चिम सेती निर्माण गर्ने आश्वासन बर्षाैदेखि दिएपनि निर्माण अहिले सम्म सुरु नभएको भन्दै उनले पश्चिम सेतीकै लागि प्रभावित क्षेत्रको विकास समेत ठप्प पारिएको बताए। 

सात सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने दशकौ अघि निर्णय भए पनि अहिलेसम्म काम अघि बढेको छैन्। सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो। तर लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन।

बाँधस्थल प्रस्तावित स्थानको भूगर्भ, उचाई र प्रभावितको पुर्नस्थापना लगायतको कारण देखाएर पश्चिम सेतीबाट थ्री गर्जेज बाहिरिएको थियो। त्यसअघि अष्ट्रेलीयाको स्मेकलाई पश्चिम सेती बनाउन दिईएको थियो।

अहिले एसआर–६ समेत बनाउने गरी पश्चिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको छ। पश्चिम सेती निर्माणको माग गर्दै कचौरा जुलुसको आयोजना गरेको संस्था बोलन्या थली धनगढी सुदूरपश्चिम क्षेत्रका सामाजिक मुद्धा उठान गर्न गठन गरिएको हो। 

 

कमेन्ट लोड गर्नुस