सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको ताला साढे नौ महिनापछि खुल्यो

२०७६ माघ ११, १२:२७

महेन्द्रनगरको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला साढे नौ महिनापछि शनिबार बिहान खुलेको छ। गत चैत्रको अन्तिम साता नेपाल विद्यार्थी सङ्घ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले विश्वविद्यालयको तत्कालीन उपकुलपति प्रा.भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टलाई पदमुक्त गरेपछि तालावन्दी गरेको थियो।

“एउटै विश्वविद्यालयमा दुई÷दुई वटा उपकुपति र रजिष्ट्रार हुने अवस्था आएपछि पदमुक्त भएकैलाई जिम्मेवारीमा फर्काउन तालावन्दी गरेका थियौँ”, नेपाल विद्यार्थी सङ्घका निवर्तमान केन्द्रीय सदस्य कैलाश चन्दले भने, “विश्वविद्यालयको स्वायत्तता र प्रचलित ऐन नियमको अवमल्यन गर्ने काम भएकाले हाम्रो असहमती हो।”

नेविसङ्घले शनिबार प्रेस विज्ञप्ती जारी गरी विश्वविद्यालयमा उत्पन्न विवादको समाधानका लागि उच्चस्तरीय कार्यदल गठन भएको र सो कार्यदलले विवाद समाधानतर्फ उन्मुख भएको जानकारी गराएपछि तालावन्दी खुलाएको बताइएको छ। “कार्यदलको कार्यमा सहजीकरण गर्नका लागि तालावन्दी खोल्ने निर्णय लिएका हौँ,” विज्ञप्तीमा भनिएको छ।

नेविसङ्घले १५ दिनसम्म विवाद समाधान नभए पुनः थप आन्दोलन गर्ने चेतावनीसमेत विज्ञप्तीमार्फत दिएको छ। तत्कालीन उपकुलपति श्रेष्ठ र रजिस्ट्रार भट्टको कार्यशैलीप्रति असन्तुष्टी बढेपछि प्रधानमन्त्री कार्यालयले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम उनिहरुलाई जिम्मेवारीबाट पदमुक्त गरी गत चैत २७ गते विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्राडा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा. गोविन्द विष्टलाई रजिस्ट्रारको जिम्मेवारी तोकिएको थियो। रासस
 

कमेन्ट लोड गर्नुस