सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वमा पाँचमध्ये एकको मृत्यु गराउने, ‘सेप्सिस’ के हो ?

। फोटो स्रोत ।
२०७६ माघ १०, ०६:०९ खबर संवाददाता

विश्वभर ‘सेप्सिस’ का घटनामा पाँच मध्ये एकको मृत्यु हुने गरेको युनिभर्सिटी अफ वासिङटनका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन्। सेप्सिसलाई ‘ब्लड पोइजनिङ’ पनि भनिन्छ जुन हाम्रो प्रतिरोघात्मक प्रणाली आवश्यक भन्दा बढी सक्रिय हुँदा हुने गर्दछ। यसमा संक्रमण विरुद्ध मात्र लड्नुपर्नेमा हाम्रो प्रतिरोघात्मक प्रणालीले अन्य अङ्गहरुमा पनि प्रहार गर्दछ र अङ्ग फेल गराउँछ। यसबाट बचेकाहरुमा पनि दिर्गकालीन क्षति पुग्ने र धेरैमा अपाङ्गता हुने गरेको पाइन्छ।

‘हिडन किलर’ पनि भनिने सेप्सिस पत्ता लगाउन कठिन हुने गरेकाले नै मृत्युको सम्भावना अधिक हुने गर्दछ। अध्ययनका अनुसार प्रति वर्ष १ करोड १० लाख मानिसको सेप्सिसका कारण मृत्यु भइरहेको छ जुन तथ्याङ्क क्यान्सरजन्य मृत्यु भन्दा बढी हुन पुग्छ। यसरी यो तथ्याङ्क वैज्ञानिकहरुले पहिले अनुमान गरे भन्दा एकदम धेरै र चिन्ताजनक रहेको बताइएको छ । जसमा पनि प्रायः गरिब र कम आय दर भएका देशमा सेप्सिसका घटना धेरै रहेको बताइएको छ। यसरी फोक्सो सम्बन्धी रोग वा झाडापखाला संक्रमणले सेप्सिस निम्त्याउने सम्भावना धेरै हुन्छ। 

यसअघि विश्वव्यापी रुपमा सेप्सिसका झन्डै २ करोड घटना र ५० लाख मृत्यु हुने गरेको विज्ञहरुको अनुमान थियो। तर १९५ राष्ट्रहरुबाट संकलन गरिएको डाटाको अध्ययनपछि भने प्रति वर्ष ४ करोड ९० लाख सम्म सेप्सिस हुने गरेको पत्ता लागेको हो। र यसबाट पाँच मध्ये एकको मृत्यु भइरहेको उनीहरुले बताएका छन्।

अनुसन्धानकर्ता एवम् प्रोफेसर क्रिस्टिना रुड भन्छिन्, “मैले ग्रामीण युगान्डामा धेरै काम गरिसकेको छ र हामीले प्रत्येक दिन एउटा सेप्सिस देखेकै हुन्थ्यौँ। त्यस्तै मेरा अन्य सहकर्मीहरुले पनि सेप्सिस धेरै देशमा मुख्य समस्या रहँदै आएकाबारे वर्षौँदेखि भनिरहेका छन्। यसैले पनि मलाई यो नयाँ जानकारी प्रति त्यति आश्चर्य लागेन। तर मैले पहिलेको तथ्याङ्क अहिले दुईगुणाले बढिसकेको हुनेछ भन्ने चाहिँ सोचेको थिइनँ। ”

यस्तोमा यो खोजले ठूलो स्तरमा मानिसहरुलाई जागरुक बनाउन र यसका बारेमा बुझाउन सक्ने बताइएको छ जसबाट धेरैको ज्यान बचाउन सकिनेछ। बेलायतमा मात्र प्रत्येक वर्ष ४८ हजार सेप्सिसका घटना हुने गरेको रिपोर्टले देखाएको छ। यसबीच सेप्सिको लक्षण छिटो भन्दा छिटो पहिचान गरि उपचार गर्न आर्थिक रुपमा पनि जोड दिइएको छ। संक्रमण कम गराउनुले नै सेप्सिसको जोखिम घटाउन सकिनेछ। 

सेप्सिका लक्षणहरुमा कुनैपनि संक्रमण भएका बिरामीमा बोल्नमा कठिनाइ, काम्ने र शरीर दुखने, एक दिनभरि पिशाब नहुने, स्वास प्रस्वासमा कठिनाइ, मुटुको गति उच्च हुने र शरीरको तापमान कि धेरै या अति थोरै हुने, छालाहरुको रङ फेरिने रहेका छन्। बीबीसी
 

कमेन्ट लोड गर्नुस