सुदूर नेपाललाई विश्वसँग जोड्दै

पसिना निकाल्ने फोन बनाउँदै वैज्ञानिकहरू

२०७६ माघ ९, ०३:५० खबर संवाददाता

वैज्ञानिकहरूले धेर तातेपछि आफैं पसिना निकालेर चिसिने फोन विकसित गर्न लागेका छन्।  मानव सहितका धेरै स्तनधारीहरू गर्मीमा पसिना निकालेर तातोलाई हटाउने गर्छन्। फोनको तापक्रमलाई घटाउनका लागि पानी निकाल्न र पानीले फोन बिगार्न नदिनका लागि मान्छेको कपालभन्दा तीन गुणा बाक्लो धातु बनाइँदैछ। 

त्यो पानी हावा बनेर बिलाउँछ अनि त्यसले फोनबाट निस्कने अतिरिक्त तापलाई उडाउँछ। चीनका वैज्ञानिकहरूले यो अनौठो आविष्कार गरेका हुन्। व्यापक रूपमा प्रयोग गर्न अहिलेका लागि यो एकदमै महंगो रहेको तर भविष्यमा यसको उपयोग गर्न सकिने उनीहरूले बताए। 

फोन बाहेक अन्य विद्युतीय उपकरणमा पनि यसको उपयोग गरेर उपकरणलाई बढी तात्नबाट बचाउन सकिन्छ। शांघाई जियाओ तोङ विश्वविद्यालयमा रेफ्रिजरेसन इन्जिनीयरिङको अध्ययन गर्ने रुझु वाङले भने, ‘माइक्रोइलेक्ट्रोनिक्सको विकास भएसँगै थर्मल म्यानेजमेन्ट प्रविधिको माग बढेको छ किनकि सबै कम्पोनेन्टहरू कसिकसाउ गरी खाँदिएका हुन्छन् र चिपहरू तात्न सक्छन्।’

‘उदाहरणका लागि, प्रभावकारी चिस्यान प्रणालीको अभावमा हाम्रा फोनहरूको सिस्टम ब्रेकडाउन हुन सक्छ र लामो समय फोन चलाउँदा वा ठूलो याप लोड गर्दा फोन तातेर हातै डढ्न सक्छ,’ उनले थपे। शरीरको तापक्रमलाई नियमन गर्नका लागि स्तनधारीहरूले पसिना निकाल्छन् र चिनियाँ वैज्ञानिकहरूले त्यसैबाट प्रेरित भएर फोनको पसिना निकाल्ने व्यवस्था गर्न लागेका हुन्। 

विद्युतीय उपकरणहरूलाई शीतल राख्न फ्यान वा मैन र फ्याट्टी एसिडहरू उपयोग गर्ने गरिएको छ। तर यिनीहरू शीतल बनाउनका लागि प्रभावकारी नरहेको अनि पानी निकालेर त्यसलाई ग्यासमा परिणत गर्दा १० गुणा बढी प्रभावकारी हुने चिनियाँ वैज्ञानिकहरू बताउँछन्। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस