सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव कार्यकर्ताद्वारा आत्मसमर्पण

२०७६ माघ ८, ०८:२४ खबर संवाददाता

नेत्रविक्रम चन्द समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गरेका छन्। बागलुङ नगरपालिका–४ का ४५ वर्षीय सापकोटाले आज चन्द समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाएका हुन।

निमित्त प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्त, प्रहरी उपरीक्षक नवराज भट्ट, राजनीतिक दलका प्रतिनिधिलगायतको रोहबरमा सापकोटाले आत्मसमर्पण गरेका हुन। सापकोटाद्वारा जारी विज्ञप्तिमा नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको घोषणा गर्दछु भन्ने उल्लेख छ। राज्यविरुद्ध कसुर गरेको आरोपमा उहाँलाई गएको पुस १७ गते प्रहरीले घरबाटै पक्राउ गरेको थियो।

आत्मसमर्पणसँगै सापकोटा १० हजार धरौटीमा रिहा भएको निमित्त प्रजिअ पन्तले जानकारी दिए। “प्रतिबद्धताविपरीतका गतिविधि र व्यवहार नगरेको पाइएमा उनले पछि सफाइ पाउनुहुन्छ”, निमित्त प्रजिअ पन्तले भने। -रासस
 

कमेन्ट लोड गर्नुस