सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार बिदा

२०७६ माघ ८, ०७:४० खबर संवाददाता

तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले माघ १० गते शुक्रबार बिदा दिएको छ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले आज विज्ञप्ति जारी गर्दै माघ ११ गते शनिबार सोनाम ल्होसार पर्व परेकाले अघिल्लो दिन बिदा दिइएको जानकारी दिए।

सोनाम ल्होसार पर्वका अवसरमा शुक्रबार नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ। यस नगरक्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ। -रासस

कमेन्ट लोड गर्नुस