सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीको रिहाइको माग गर्दै आन्दोलन घोषणा, आमहड्ताल गरिने

२०७६ माघ ८, ०५:२५ खबर संवाददाता

टीकापुर घटनामा झुठा मुद्दा लगाइ फसाईएका कैलाली क्षेत्रं १ बाट निर्वा्चित प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। मोर्चाले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै मागहरुलाई सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ।

थरुहट आन्दोलनकारी सबैको मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरूलाई निःसर्त रिहाइ गर्नुपर्ने मोर्चाको माग छ। 

मोर्चाले बुधबार पत्रकार सम्मेलनमार्फत घोषणा गरेका संघर्षका कार्यक्रमहरुमा माघ १४ गते प्रधानमन्त्री लगायत सत्तापक्ष, प्रतिपक्ष, विभिन्न राजनीतिक दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ १५ गतेदेखि १५ दिन प्रचारप्रसार तथा फागुन ५ सम्म पनि आफ्ना माग सुनुवाइ नभए तीन दिने आमहड्ताल गर्ने मोर्चाका संयोजक लक्ष्मण थारुले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस