सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूव–पश्चिम विद्युतीय रेलमार्ग बनाउन अगामी वर्षदेखि निर्माण कार्य सुरु हुने: मन्त्री नेम्बाङ

२०७६ माघ ८, ०५:०२ खबर संवाददाता

कञ्चनपुर: भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले यातायातलाई व्यवस्थित बनाउनका लागि पूव–पश्चिम विद्युतीय रेल सञ्चालन गरिन बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री नेम्बाङले पूर्व पश्चिम विद्युतीय रेल सञ्चालनका लागि डिपिआर निर्माण भएको बताएका छन्। उनले अगामी आर्थिक वर्षदेखि निर्माण कार्य सुरु गरिने बताए। 

उनले महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुल समयमै निर्माण हुने र यसले त्रिदेशिय सम्बन्ध सुमधुर हुने पनि बताए।  कञ्चनपुर जिल्लामा १६ वटा तराई–मधेस पूर्वाधार सडक निर्माण भइरहेको समेत उनले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस