सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारीले गाउँपालिकाको गाडी सिक्न खोज्दा एक बालकको मृत्यु

। फोटो स्रोत ।
२०७६ माघ ८, ०१:१८ खबर संवाददाता

मंगलबार साँझ गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु भएको थियो भने ४ जना अन्य घाइते भएका थिए। नवलपुरको हुब्सेकोट गाउँपालिकाको ग १ झ ३८९ नम्बरको स्कार्पियोको ठक्करबाट हुप्सेकोट –४ का ५ वर्षीय बालक डिपु गाहाको मृत्यु भएको थियो। 

सोही ठाउँका ५५ वर्षीय भीमबहादुर लुंगेली, २६ वर्षीया मीना गाहा, ७० वर्षीय पूर्ण बहादुर लामा र हुप्सेकोट–५ का वडाअध्यक्ष पदमबहादुर राना घाइते भएका थिए। घाइतको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। गाउँपालिकाको गाडि वडाअध्यक्ष राना चढेको ना १ ब २५७९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएर अन्य चार जनालाई पनि ठक्कर दिन पुगेको थियो।

गाडि गाउँपालिकाका कर्मचारी शिवप्रसाद सुवेदीले सिक्ने क्रममा ठक्कर दिएको स्थानीयको आरोप छ। घटनापछि मंगलबार स्थानीयले केही कर्मचारीलाई गाउँपालिकाको कार्यालयमा थुनेको थियो। बेलुका मात्रै उनीहरुलाई निकालेको थियो। स्थानीय दोषीलाई कारबाहीको माग गर्दै गाउँपालिकामा जम्मा भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। गाडि चालक र आरोपित कर्मचारी सुवेदी भने फरार रहेका छन्। गाउँपालिकाको गाडिमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस