सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीलाई काँग्रेस सभापतिको दुखेसो – म त बर्वाद भएँ नि यार !

२०७६ माघ ८, ११:०९

शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको दुखेसो थियो, ‘तपाईंहरुलाई सहयोग गर्दागर्दै म बर्बाद भइसकेँ यार !

प्रमले ‘के भयो ?’ भनी सोध्न खोज्दा खोज्दै देउवाले वाक्य नरोकी भने, ‘बाहिरका मान्छेले मलाई प्रतिपक्षी राम्रो भएन, केही लछारपाटो लगाउन सकेन भन्छन्। पार्टीभित्रै संसदमा पनि केही भूमिका खेल्न सकेन भनेर सराप्छन्। पार्टी नै छैन जस्तो, गतिविधि देखिएन भन्दै मेरो विरोध छ। मचाहिँ खुरुखुरु भनेको मानेर सघाइरहेको छु। तपाईंहरुचाहिँ मलाई पेल्नुहुन्छ।’

उनले, ‘म त बर्बाद भइसकेँ यार’ भन्दै आफ्नो विवशता, निरीहता र आफू कमजोर हुँदाको वास्तविकता यसरी खुलासा गरेपछि प्रधानमन्त्री ओलीले उदारता देखाएका छन्। नेपालको संसदीय इतिहासमा सम्भवतः सत्तापक्षत्रले प्रतिपक्षलाई यति ठूलो सरप्राइज सायदै दियो, जुन शनिबार प्रधानमन्त्री केपी ओलीले दिए।

अर्थात्, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगका लागि झण्डै आधा आधा भागबन्डा पाइन्छ भन्ने कल्पनै नगरी बालुवाटार छिरेका काँग्रेस नेताहरु आ–आफ्नो सिफारिस गराउन सकेकोमा पूरै सन्तुष्ट भएर फर्किएका छन्। जनआस्था साप्ताहिक बाट

कमेन्ट लोड गर्नुस