सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

फाईल फोटो
फाईल फोटो
२०७६ माघ ८, ०९:०६ खबर संवाददाता

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। 

पूर्व–पश्चिम राजमार्गगको हेटौंडा–११, नवलपुरमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ३९१४ नम्बरको मोटरसाइकल मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना ५ च १७७७ नम्बरको तरकारी बोकेको डिआई गाडीसँग ठक्कर खाएर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१९का २१ वर्षीय सुनील स्याङ्ताङको मुत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते मनहरी–९ का साजन भोलनको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

कमेन्ट लोड गर्नुस