सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्कृष्ट बाहिनी अवार्ड डीआईजी अर्याललाई

२०७६ माघ ८, ०९:०२ खबर संवाददाता

सशस्त्र प्रहरी बलले यस वर्षको उत्कृष्ट बाहिनी अवार्ड नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई प्रदान गरिने भएको छ। 

बिहीबार हुन लागेको १९ औं सशस्त्र प्रहरी दिवसको वार्षिकोत्सवका अवसरमा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याललाई उक्त अवार्ड प्रदान गर्ने निर्णय भएको हो।गतवर्ष

देखि उत्कृष्ट बाहिनी अवार्ड दिन थालेको सशस्त्र प्रहरीले बाहिनी कार्यालयमध्ये उत्कृष्ट काम गर्नेलाई सो अवार्ड प्रदान गर्ने गरिन्छ। सशस्त्रमा सात प्रदेशमा गरी सात र उपत्यका बाहिनी गरी आठ वटा बाहिनी कार्यालय रहेको छ।

गतवर्ष सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस