सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधबार देशभरिकै मौसम सफा रहने

२०७६ माघ ८, ०८:०७ खबर संवाददाता

बुधबार देशभरिकै मौसम सफा हुने मौसमविद्ले बताएका छन्। अहिले तराई र पहाडी भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपछि हटेर देशभरिकै मौसम सफा हुने मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताए।

उनका अनुसार अबको तीन दिन कतै पनि पानी र हिउँ पर्ने सम्भावना छैन। तर तराईमा हुस्सु र कुहिरो लागेर राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने उनले बताए। बुधबार बिहान १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस