सुदूर नेपाललाई विश्वसँग जोड्दै

हामीलाई किन सबै उमेरका साथी चाहिन्छ ?

२०७६ माघ ८, ०६:२६ खबर संवाददाता

आफूलाई एउटा सिङ्गो उमेर समुहको मित्रतामा सिमित राख्नु भनेको तीन स्कुप आइसक्रिम खाँदा सबै एउटै फ्लेबरको अर्डर गर्नु जस्तै हो। तर पनि पछिल्लो समय हाम्रो समाज उमेर समुहले विभाजित भइरहेको प्रशस्त उदाहरण देख्न सकिन्छ। परम्परागत एवम् सांस्कृतिक मूल्य मान्यता अनि प्राविधिक अन्तरका कारण पनि मानिसहरु एउटै उमेर समूहसँगको सम्बन्धमा बाँधिएका छन्। 

तर वास्तवमा व्यक्तिगत विकासका साथै जीवनका धेरै पक्षमा हामीलाई सबै उमेर समुहको मित्रता आवश्यक पर्छ जसले हामीलाई जीवनबारे धेरै कुरा सिकाउन सक्छ। जस्तै ७० वर्ष माथि उमेर समुहका मानिसलाई शान्त पीढीका रुपमा लिइन्छ। उनीहरुको बाल्यकाल धेरै कठिन रह्यो भने उनीहरुले दोस्रो विश्व युद्धका दुःखद् दिनहरुको सामना पनि गर्नुपरेको थियो। 

त्यसैले यिनीहरुले हामीलाई जीवनबारे सबैभन्दा उपयुक्त सुझाव दिन सक्छन्। उनीहरुको अनुभव दुनियाँको कुनै किताबसँग तुलना गर्न सकिँदैन। यसपछिको अर्को उमेर समुह भनेको १९४६ देखि १९६४ का बीचमा जन्मिएका पीढी हुन् जो तुलनात्मक रुपमा धनी र सम्पन्नशाली मानिन्छन्। त्यस्तै उनीहरु पुराना संस्कृति मान्दै नयाँलाई पनि अपनाउने मौका पाएका समुहमा पर्दछन् । यसैले हामीले चिनेका ऐतिहासिक पात्रलाई उनीहरुले प्रत्यक्ष देखेसुनेका हुन्छन्। 

जस्तै हामीले अहिले सम्झने वा मनपर्ने पुराना गायक, अभिनेता लगायतका व्यक्तित्वबारे उनीहरु सबैभन्दा बढी जानकार हुन्छन्। त्यस्तै यी उमेरका मानिसहरु रिटायर हुने क्रममा हुन्छन् जसका छोराछोरी, नातिनातिनी पनि किशोरावस्था पार गरिसकेका हुन्छन्।यस्तोमा उनीहरुसँग जीवनबारे तर्क गर्नुले हामीलाई अलगै संसारसँग परिचित गराउन सक्छ। त्यस्तै व्यापार व्यवसायबारे पनि यिनीहरुबाट राम्रो सुझाव लिन सकिन्छ। 

यसपछि आउँछन् ४० देखि ४५ वर्ष उमेर समुहका, जसको बाल्यकाल पनि दबाबमा बितेको थियो। त्यसैले यिनीहरुले धेरैहदसम्म हाम्रो भावना बुझ्न सक्छन् भने कतिपय अवस्थामा प्रेरणा पनि साबित हुन सक्छन्। यिनीहरुसँग समय बिताउन सहज र रमाइलो हुन्छ। यसपछिको अर्को समुह भनेको नोकिया फोनको पीढी हो जसको पालामा सबैभन्दा तिव्र प्राविधिक विकास भयो। 

यिनीहरु अफलाइन र अनलाइन जीवनबीच बाँचेका पीढी हुन्। उनीहरुसँग याद गर्न लायक धेरै क्षणहरु छन्। उनीहरुले कम समयमै असफलता र सफलता दुवैको सामना गरिसकेका छन्। र उनीहरु नयाँ क्रियाकलापमा पनि रुची राख्छन् भने पुराना ट्रेन्डबारे पनि उत्तिकै जानकार हुन्छन्। अहिलेको पीढी, जसलाई ‘जेनेरेसन जी’ पनि भनिन्छ यिनीहरु भने सबैभन्दा रचनात्मक क्षमता भएका समूह हुन्। 

यिनीहरुको प्राविधिक क्षमता पनि आश्चर्यजनक हुन्छ। यिनीहरु सामाजिक संजालमा विशेष सक्रिय रहन्छन् जसले आधुनिकताको प्रतिनिधित्व गर्दछन्। उनीहरु प्रायः मोबाइलमा व्यस्त देखिए पनि यिनको ह्युमर र ज्ञान अनि शीपलाई नकार्न सकिँदैन। उनीहरु वातावरणदेखि सबै क्षेत्रमा जागरुक र शिक्षत छन्। त्यसैले यी उमेरका साथीले पक्कै पनि हाम्रो समय रोचक र फलदायी बनाइदिन सक्छन्। द गार्जियन  

कमेन्ट लोड गर्नुस