सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीबाट एकै परिवारको ५ जनाको मृत्यु

२०७६ माघ ७, ०३:४२ खबर संवाददाता

भियतनामको दक्षिण शहर हो चि मिन्ह्मा मङ्गलबार बिहान सबेरै भएको एक आगलागीमा परी पाँच व्यक्तिको मृत्यु भएको छ।  स्थानीय समयानुसार मङ्गलबार विहान ४ बजे सो आगालगी शुरु भएको थियो। आगलागीमा परेर एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरुमा ७०, ४४ र ३० वर्षका महिला, ४० र ३७ वर्षका पुरुष छन्। 

यस आगलागी नियन्त्रण २२ जना अग्निनियन्त्रक घटनास्थलमा पुगेका र आगलागीको कारणका बारेमा अनुसन्धान शुरु भएको छ। सन् २०१९ मा भियतनाममा भएका ३ हजार ७५५ वटा विस्फोट र आगलागीका घटनामा परी १ सय १२ जनाको मृत्यु हुनुका साथै अन्य १ सय ७७ जना घाइते भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ। रासस
 

कमेन्ट लोड गर्नुस