सुदूर नेपाललाई विश्वसँग जोड्दै

आवासीय भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु

। फोटो स्रोत ।
२०७६ माघ ७, ०१:३१

रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।  स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए। आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस